FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ असार, काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिएका थिए  ।

यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसकेका  निर्देशक चाम्सले यसले आफूलाई अवसर र चुनौतीसँगै दिएको बताए ।

“यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु, सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि अवसर हो । उन को जीवनीलाई पर्दामा ल्याउने तयारी हुँदै गर्दा धेरै कुराहरू थाहाँ पाएँ, उनको जीवनी चलचित्रभन्दा कम छैन”, निर्देशक चाम्सले भने  ।

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिरहेका निर्माण समूहलाई धन्यवाद दिए  । “म आफूले सकेको काम गरिरहेको छु, स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु । मेरो जीवनीलाई चलचित्रमा ल्याउन आट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद । साथै, यो यात्रामा मसँगै ह अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ । मेरो जीवनी उहाँ  बिना अधुरो र अपुरो छ । त्यसैले म पछाडि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने भनेपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ”, अभिनेता श्रेष्ठले भने  ।

अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्नुहुने कलाकार महेश त्रिपाठीको कामको चर्चा गर्दै सुहाउँदो कलाकार छनोट भएको बताए  । “मेरो र महेशजीको पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ, अभिनय त उहाँले गज्जबै गर्नुहुन्छ । राम्रो चलचित्र बन्छ भन्नेमा पूर्ण विश्वस्त छु”, अभिनेता श्रेष्ठले भने ।

अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको जीवनी चलचित्रका लागि उपयुक्त भएकाले दर्शकका लागि प्रतिक्षित हुने विश्वास व्यक्त गरे का छन्  । उनले मह जोडी बनेर आफूहरूले गरेका काम र सहकार्यसँगै अभिनेता श्रेष्ठको जीवनीका उतारचढावलाई कलात्मक ढङ्गले चलचित्रमा देख्न पाइने बताए ।

“कोही कलाकारको नाम सानो होला, कसैको ठूलो होला । तर, सबैको जीवनीलाई लिएर चलचित्र बनाउन मिल्दैन, किनकी जीवनीमा चलचित्रका लागि चाहिने खुराक पाइँदैन । मदन दाईको जीवनीलाई मैले जति बुझेको छु, उहाँको उतारचढावले दर्शकलाई मनोरञ्जनसँगै एउटा सिकाइ पनि दिन्छ भन्ने लाग्छ । जुन समूहले चलचित्र बनाउने तयारी गरेको  छ, त्यो देखेर म निकै आशावादी छु”, अभिनेता आचार्यले भने ।

अभिनेता श्रेष्ठलाई आफ्नो अभिभावकका रुपमा मान्दै आएको र सहयात्राको ४६ वर्ष पूरा भइसकेको अभिनेता आचार्यले बताए । उक्त चलचित्रमा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ । यस्तै, यम थापाको लेखनमा तयार हुने उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति थियो । उक्त चलचित्रको छायाङ्कन भदौदेखि सुरू हुने कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय