FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको  छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४a मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्को एक उपसमूह स्थिर रह्यो । आज १९५ कम्पनीको सेयर बढ्यो भने  ६० कम्पनीको सेयर घट्यो ।

त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फण्ड र एनआइसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय