पुराण वाचिका राधिका दासीविरुद्ध अभिब्यक्ति दिएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार काठमाडौंको जोरपाटीबाट नियन्त्रणमा लिएको हो ।
केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीले जानकारी दिए । उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप भएको एसपी गिरीले बताए । केसीले राधिका दासीविरुद्ध बोल्दै आएकी थिइन् ।






