FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालमा घर निर्माण गर्दा ढिलाइ, गुणस्तरमा सम्झौता र लागत बढ्ने समस्या धेरै सेवाग्राहीले भोग्दै आएका छन्। यस्तै चुनौतीलाई समाधान गर्ने लक्ष्यसहित काठमाडौंमा निर्माण सेवामा सक्रिय कम्पनी प्यारो घर बिल्डर्स प्रा.लि (Payro Ghar Builders Pvt. Ltd.) ले समयमै निर्माण सम्पन्न नगरे ग्राहकलाई एक लाख रुपैयाँ जरिवाना (Penalty) दिने विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विशेष अफरअनुसार, तोकिएको समयसीमाभित्र निर्माण कार्य पूरा गर्न नसकेमा कम्पनीले आफ्नै जिम्मेवारीमा ग्राहकलाई रु. १ लाखसम्म जरिवाना उपलब्ध गराउने जनाएको छ।

प्यारो घरले “नक्सादेखि निर्माणसम्म” सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले घरको नक्सा तयार गर्ने, नगरपालिका नक्सा पास स्वीकृति प्रक्रिया, भवन निर्माण, र निर्माण सम्पन्न प्रमाणपत्रसम्मका सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्नेछ ।

यस कम्पनीले अनुभवी इन्जिनियर, आर्किटेक्ट र प्राविधिकहरूमार्फत आवासीय तथा व्यावसायिक भवन निर्माण, पुराना भवनको मर्मत तथा पुनर्निर्माण, सम्पत्ति खरिद–बिक्री तथा व्यवस्थापन, साथै घर निर्माण सम्बन्धी सम्पूर्ण परामर्श सेवा दिने जनाएको छ |

प्यारो घरले प्रत्येक ग्राहकको आवश्यकता अनुसार निर्माण योजना तयार गरी गुणस्तरीय निर्माण सेवा उपलब्ध गराउनुका साथै आधुनिक डिजाइन, सुरक्षित निर्माण प्रविधि, पारदर्शी कार्यप्रणाली र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धताले कम्पनीलाई अन्य निर्माण कम्पनीभन्दा फरक बनाउने विश्वास कम्पनीको छ।

निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच समयमै काम सम्पन्न नभए ग्राहकलाई आर्थिक क्षतिपूर्ति दिने घोषणा सम्भवत नेपालकै पहिलो भएकोले यसले ग्राहकको बिश्वास जित्न सक्नेछ |

निर्माण सम्बन्धी थप जानकारीका लागि इच्छुक सेवाग्राहीले कम्पनीको काठमाडौंको गोंगबु चोकस्थित कार्यालयको सम्पर्क नम्बर ०१-५९२८७२०/९८२३६७६८३८ अथवा ईमेल : info@pyaroghar.com मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय