FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । गत असार २२ गते उनले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार निवेदन दिएको महिना दिनअघि उनीमाथि कुटपिट भएको जाहेरीमा उल्लेख छ । ‘जाहेरीका आधारमा घटनाको अनुसन्धान सुरु गरिएको छ’, डीएसपी अवाले भने।

दर्जीले निवेदनमा अंकित प्रधान र शनिश्चरेका शुक्रे भन्ने व्यक्तिले आफूलाई ‘चोर-चोर’ भन्दै कुटपिट गरेको, भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको र हटाइदिन आग्रह गर्दा पनि धम्क्याउँदै आएको उल्लेख गरेका छन्।

उनका अनुसार घटना मामाघर गएका बेला भएको थियो। बिर्तामोडको महानन्द चोकमा खाजा खाने क्रममा एक हजार रुपैयाँ हराएको विषयलाई लिएर विवाद सुरु भएको र त्यसको केही दिनपछि नजिकैको देवीबस्ती गेट नजिक स्कुटरमा पेट्रोल हालिरहेका बेला आफूलाई कुटपिट गरिएको दाबी उनले गरेका छन्।

आइतबार साँझ उनीमाथिको कुटपिटको भिडियो टिकटकमा भाइरल भएको थियो ।  भिडियोमा एक युवकले दर्जीलाई गालामा थप्पड हानेको दृश्य देखिन्छ। भिडियो भाइरल भएसँगै घटनाबारे सार्वजनिक चासो बढेको छ।

प्रहरीले जाहेरीका आधारमा घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले अंकितलाई सम्पर्क गरिसकेको छ। शुक्रेचाहिँ भारततिर फरार रहेको प्रहरीले जनाएको छ।

‘पीडित र पीडक दुवैलाई छलफलमा बोलाइएको छ’, डीएसपी अवाले भने,’त्यसपछि घटनाको बास्तविकता थाहा हुने छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय