FLASH NEWS
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही ।

१२ मङ्सिर,नारायणगढ (चितवन)। नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताएका छन् ।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताएका छन् ।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए ।

शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।

शर्माले भन्नुभयो, “सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ । प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ । अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।”

उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिनुभयो । घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइने उनले बताए ।

काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ । सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय