FLASH NEWS
नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर ।

११ मंसिर, काठमाडौं । शुक्रबार शेयरबजार कारोबारमा गिरावट आएको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३५३ वटा कम्पनीको १ करोड ३१ लाख ९८ हजार १५७ कित्ता शेयर किनबेच भए । बजारमा ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा कमी आएको छ । अघिल्लो दिन ५ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८२ करोडको भयो । ५९ कम्पनीको मूल्य बढ्यो भने २०३ को घट्यो । त्यस्तै १७ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज बैंकिङ र निर्जीवन बीमा समूह समूह बढे । बैंकिङ ०.०७ तथा निर्जीवन बीमा ०.३० प्रतिशत बढे । विकास बैंक ०.७६, फाइनान्स ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत् ०.७४, लगानी ०.४१, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, माइक्रोफाइनान्स ०.५२, अन्य ०.४४ तथा व्यापार ०.१७ प्रतिशत घटे ।

एनआईसी एसिया बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत बढ्यो । मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३, माथिल्लो मैलुङखोला जलविद्युतको ३.०६ प्रतिशत मूल्य बढ्यो । सोपान फर्मास्युटिकल्सको मूल्य ५.३७, युनिक नेपाल लघुवित्तको ४.६४, बेनी हाइड्रोपावरको ४.२७, भुजुङ हाइड्रोपावरको ४.२१, स्वस्तिक लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल तराईको मूल्य ३.४९ प्रतिशत घट्यो ।

शुक्रबार लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २८७ रूपैयाँमा २४ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशत बढेको हो । ग्लोबल आइएमई बैंकको २७८ रूपैयाँ ९० पैसामा २१ करोड ६७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ । कारोबार रकमका आधारमा आज लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा कम्पनीको बढी करोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय