FLASH NEWS
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही ।

११ मंसिर, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुर्खेतमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

शुक्रबार दुईदिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।

रास्वपाले शनिबार र आइतबार गरी दुई दिन वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कर्णाली प्रदेशबाट सुरु गर्न लागिएको प्रशिक्षण अभियानलाई क्रमशः अन्य प्रदेशमा समेत विस्तार गर्ने पार्टीको तयारी रहेको छ ।

पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय