FLASH NEWS
कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार ।

१२ मङ्सिर, बेलबारी (मोरङ)। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा भारतका समेत आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब (बेलबारी–११) सहित भारतको मिक्स क्लब (खर्साङ), सहलेस युवा क्लब (सिराहा), नेपाल पुलिस क्लब (काठमाडौँ), भोजपुर जिल्ला फुटबल सङ्घ (भोजपुर), थ्री स्टार क्लब (काठमाडौँ), साविक विजेता प्लानिङ ब्वाइज क्लब (काठमाडौँ) र रेड स्टार फुटबल क्लब (बिर्तामोड) ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग खेल मैदानमा हुने छ ।

राष्ट्रियस्तरका ‘ए’ डिभिजन क्लबहरू र भारतीय टिमको समेत सहभागिता रहने भएकाले यसपटकको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने प्रतियोगिता आयोजक क्लबका अध्यक्ष विक्रम बान्तवाले जानकारी दिएका छन् ।

आठौँ संस्करणको फाइनलमा सहलेस युवा क्लब सिराहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि उचालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय