FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेपछि उनी त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेटवार्ता सम्पन्न गरेर गृहमन्त्री गुरुङ केहीबेरअघि त्यहाँबाट बाहिरिएका थिए।

प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्रीले सुनसरीका जनप्रतिनिधिसँग समन्वय गर्दै घटनास्थलतर्फ जाने तयारी गरेका छन्।

‘प्रधानमन्त्रीसँगको छलफलपछि गृहमन्त्रीज्यू सुनसरी जान लाग्नुभएको हो,’ बजगाईंले भने।

सुनसरीमा पछिल्ला घटनापछि उत्पन्न सुरक्षा अवस्था, स्थानीय जनप्रतिनिधिसँगको छलफल तथा शान्ति–सुरक्षा व्यवस्थापनका विषयमा आवश्यक समन्वय गर्न गृहमन्त्री त्यसतर्फ जान लागेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय