FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको उनकाे अभियानसँग सम्बन्धित टोलीले जनाएको छ। टोलीले सार्वजनिक गरेको शोक वक्तव्यमा पुर्जासँगै उनका विश्वसनीय आरोहण सहयोगी पुरबहादुर गुरुङ (युक्ता) र नीमा शेर्पाको पनि उक्त दुर्घटनामा ज्यान गएको उल्लेख गरिएको छ।

वक्तव्यमा हिमपहिरोपछि प्राप्त पुष्टिका आधारमा तीनै जनाको निधन भएको जनाउँदै यस घटनाले पर्वतारोहण क्षेत्रले एक असाधारण आरोही, प्रेरणादायी नेता र साहसी व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ । टोलीले पुर्जाले आफ्नो साहस, विनम्रता र अटल आत्मविश्वासमार्फत विश्वभरका लाखौं मानिसलाई ठूलो सपना देख्न र आफ्नो सीमाभन्दा माथि उठ्न प्रेरित गरेको जनाएको छ।

वक्तव्यमा पुर्जाको नेतृत्वमा स्थापित एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ तथा निम्सदाइ स्टोरजस्ता संस्थामार्फत उनले सिर्जना गरेको विरासत आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।

 

घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै टोलीले शोकसन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै उद्धार तथा खोजी कार्यमा खटिएका सबै टोलीप्रति आभार व्यक्त गर्दै परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ।

टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो। त्यसै दिन साँझ शक्तिशाली हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो । आरोहीहरूको ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले उनीहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय