परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार दिउँसो पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराईलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार भट्टराईलाई राहदानी ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो । उनले २०६८ सालमा उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध २०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई आवश्यक अनुसन्धानपछि अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ ।






