मुग्लिन-नारायणगढ सडकअन्तर्गत आज मंगलबार बिहान मुग्लिन बजारनजिकै पहिरो खस्दा यातायात एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजनको उपकरणमार्फत पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
आज बिहान १०:१२ बजे सूचना जारी गरी सडक डिभिजनले भनेको छ, ‘सडक आवागमन पूर्ण रूपमा सञ्चालनमा आउन करिब ३० मिनेट लाग्ने अनुमान गरिएको जानकारी गराउछाैँ।’






