FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ साउन, वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका-१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट फलामको पाइपको हुक प्रयोग गरी सिल उचालेर अनधिकृत रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई वीरगञ्ज-१४ स्थित सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा आयल सेन्टरका सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा शाखामा कार्यरत २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, तथा ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।

घटनामा संलग्न ट्याङ्करहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय