FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साउन २० गते काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर महादेव मन्दिर छेउबाट सुनकोसीमा हेलिएका वृद्ध दम्पतीमध्ये महिलाको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोसी नदीमा फेला परेको प्रहरीले जनाएको छ।

उनीसँगै नदीमा हेलिएका पति वर्ष ६८ का केदारनाथ पराजुलीको खोजी कार्य जारी छ।

बुधबार (२० साउन) साँझ काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर महादेव मन्दिर छेउबाट दम्पती सुनकोसीमा हेलिएका थिए।

तिलकुमारी बोनम्यारो क्यान्सर भई अपाङ्ग थिइन् भने केदारलाई प्रोस्टेटको समस्या थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टकाअनुसार पराजुली दम्पतीको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहित र्‍याफ्टिङ टोली पनि परिचालन गरिएको छ।

केदारनाथले श्रीमती तिलकुमारीलाई पिठिउँमा बोकी दोलालघाट पुगेको सीसीटीभी फुटेजमा देखिएको छ। श्रीमतीलाई बोकेर दोलालघाट पुगेका केदारनाथले श्रीमतीसहित सुनकोसी नदीमा हाम फालेको स्थानीयको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय