FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ साउन, काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ।

कार्यक्रम १२ भदौ २०८३ ९२८ अगस्ट २०२६० का दिन द एभरेस्ट होटल, बानेश्वर, काठमाडौंमा आयोजना हुने फाउन्डेसनले जनाएको छ ।

‘संस्कृतिहरूलाई जोड्दै, समुदायलाई प्रेरित गर्दै, विश्वव्यापी अवसर सिर्जना गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच सांस्कृतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको छ।

फाउन्डेसनले विभिन्न देश, समुदाय, संस्था, पेशागत क्षेत्र तथा व्यक्तिहरूलाई एउटै साझा मञ्चमा जोड्दै सांस्कृतिक आदान–प्रदान, सामुदायिक सहभागिता, शिक्षा, पर्यटन प्रवद्र्धन, व्यावसायिक सहकार्य, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, पर्यटन तथा संस्कृति क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक संघ–संस्था, पेशागत व्यक्तित्व, युवा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको भनाइ छ ।

कार्यक्रममा फाउन्डेसनको उद्देश्य, भावी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना, संस्थागत साझेदारी तथा समुदाय केन्द्रित विभिन्न पहलहरूबारे जानकारी प्रस्तुत गरिनेछ।

कार्यक्रममा औपचारिक शुभारम्भ, स्वागत मन्तव्य, प्रमुख अतिथिको सम्बोधन, विशेष मन्तव्य, अन्तरक्रिया, नेटवर्किङ, साझेदारी सम्बन्धी छलफल तथा लन्च कार्यक्रम लगायतका गतिविधि रहनेछन्।

फाउन्डेसनले सांस्कृतिक विविधताको सम्मान, आपसी समझदारीको विकास, ज्ञान तथा अनुभवको आदान–प्रदान र स्थानीयदेखि विश्वव्यापी तहसम्म नयाँ अवसरहरूको सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय