FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् । भण्डारी मेल र श्रेष्ठ फिमेल तर्फको शीर्ष विजेता घोषित भएका हुन् । दुवै विजेताले नगद ५ लाख बराबरको पुरस्कारका अलवा आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिष्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

शीर्ष विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगर सहित तीन र श्रेष्ठले कमर्सियल मोडलको उपाधि समेत हात पारेका थिए । दरबारमार्गस्थित होट याक एन्ड यतिमा एक भव्य समारोहका बिच आयोजित कार्यक्रममा मेलतर्फ फस्ट रनर अप अनुस्कृत न्यौपाने, सेकेन्ड रहन अप सुशान्त प्रजापति चुनिँदा फिमेलतर्फ फस्ट रनर अप प्रियङ्का ओली र सेकेन्ड रनर अप खुसी बोहरा घोषित भए ।

२६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापामगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र उगेश्ना तिमल्सिना, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियङ्का ओली, मस्ट फोटो जेनिक सुशान्त प्रजापति र कृशला संगत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की , कमर्सियल मोडल अनुस्कृत न्यौपाने, बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बन्न सफल भए ।

नेपालकै बृहत् र स्तरीय मानिएको यो मोडलिङ प्रतियोगितामा निर्णायकहरू माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाइ सुवाल, हिमाञ्चल राज केसी, विनय जोशी, रमिला नेम्कुल, मनिष राई रहेका थिए । प्रतियोगिताको यो १०औँ सिजन हो । यो सिजनको मुख्य प्रयोगक नोथिङ स्मार्ट फोन रहेकोले प्रतियोगिता ‘नोथिङ स्मार्ट फोन मोडल हन्ट नेपाल २०२६’ नामबाट आयोजना भएको थियो ।

प्रतियोगीहरू व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षाको प्रशिक्षणसहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

मोडलिङका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरको ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण बढ्दो रहेको छ । प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गरेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

कोरियोग्राफर सबिता कार्की, मोन्टर अजय गुरुङ रहेको प्रतियोगिताको फेसन डिजाइनर मनिष राई, कासा, मर्स्याङ्दी, सरिता अटायर, विमिन्स प्लानेट रहेका थिए । प्रतियोगितामा र्‍याम्प शो र विभिन्न साङ्गीतिक कार्यक्रम समेत आयोजना भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय