FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले निवर्तमान कप्तान रोहित पौडेललाई धन्यवाद दिएका छन्।

कप्तानबाट नेपाल क्रिकेट संघ क्यानले सोमबार हटाएपछि रोहितले टोलीका लागि गरेको योगदान, प्रतिबद्धता र नेतृत्वको प्रशंसा गर्दै सन्दीपले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन्।

‘टोलीका लागि तपाईंले गर्नुभएको सबै काम र हरेक क्षणमा हामीलाई नेतृत्व गर्नुभएकोमा धन्यवाद रोहित भाइ,’ सन्दीपले लेखेका छन्।

सन्दीपले रोहितको योगदान, प्रतिबद्धता र टोलीमा उनको उपस्थितिलाई सधैँ मूल्यवान् रहने उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली टोली र देशका लागि रोहितबाट अझै धेरै योगदान हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघले सोमबार सन्दीप लामिछानेलाई पुन: राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय