पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी मृत्यु भएका थप तीनजना आरोहीको शव नेपाल ल्याइएको छ।
मंगलबार कतार एयरवेजको उडानबाट किली पेम्वा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार काठमाडौं ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि शव यात्रासहित तीन आरोहीको पार्थिव शरीरलाई नेपाल पर्वतारोहण संघको कार्यालयमा लगिएको छ ।
हिमपहिरोमा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव २१ साउनमा नै नेपाल ल्याइएको थियो।






