FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक पुरुषलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो।

मङ्गलबार बेलुका ५ बजेतिर उनले पत्नीको शरीरमा पेट्रोल छरी आगो सल्काएका थिए। तत्कालै १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन्।

तत्काल शरीरको आगो निभे पनि महेश्वरी गम्भीर घाइते भएकी छन्। उनलाई छोरी पुष्पाले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी छन्।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको छ। त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय