FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।

रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको निधन मेस्सीका लागि व्यक्तिगत रूपमा ठूलो क्षति मानिएको छ, किनभने उनले छोराको फुटबल करिअर निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले क्लबमा कहिले फर्किने भन्नेबारे कुनै मिति सार्वजनिक गरेका छैनन् । यसले उनी अहिले पूर्ण रूपमा परिवार र व्यक्तिगत परिस्थितिमा केन्द्रित रहेको संकेत गरेको छ ।

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनका एजेन्ट र रणनीतिक सल्लाहकारका रूपमा पनि परिचित थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको फुटबल करिअर व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । मेस्सीको प्रारम्भिक फुटबल यात्रा न्यूवेल्स ओल्ड ब्वाइजबाट अघि बढ्दा पनि जर्ज मेस्सी सक्रिय रूपमा संलग्न थिए । मेस्सी १३ वर्षको हुँदा स्पेनको बार्सिलोनाको युवा एकेडेमीमा प्रवेश गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।  त्यतिबेला मेस्सी ग्रोथ हर्मोन डिफिसियन्सी (वृद्धि हर्मोनको कमी) सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको उपचार खर्चसमेत बेहोरेको थियो, जसले उनको खेल जीवनलाई नयाँ दिशा दिएको मानिन्छ । जर्ज मेस्सीको परिवारमा पत्नी सेलिया कुचिट्टिनी तथा सन्तानहरू लियोनल, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय