काेशी प्रदेश सभाकाे बैठक ३ भदौमा बस्ने भएको छ ।
२४ असारमा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित बैठक ३ भदौमा बस्ने भएको हाे ।
प्रदेशसभा बैठक संसद्काे आफ्नै नयाँ भवनमा बस्ने छ ।
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन जलेपछि वीरेन्द्र सभा गृहमा प्रदेशसभा बैठक सञ्चालन हुँदै आएको थियो ।
कोशी प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक ३ भदौ बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको जानकारी दिएको हो ।








