FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन गर्दै उनले पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

भेलाले पारित गरेका पाँचबुँदे प्रस्तावप्रति ऐक्यबद्धता जनाउँदै कोइरालाले सहभागीलाई धन्यवाद तथा शुभकामना दिए। उनले आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिलाई निरन्तरता दिने बताए।

‘यो सम्मेलन एकताका लागि आयोजना गरिएको हो। यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ उनले भने।

कोइरालाले सम्मेलन सफल हुनु आफ्नो कारणले नभई सहभागीको सहभागिता, सहमति र सहयोगका कारण सम्भव भएको बताए। भेलाले आफूलाई संयोजकको जिम्मेवारी दिएकोमा उनले आभार व्यक्त गरे।

उनले आवश्यकताअनुसार आगामी दिनमा यस्ता भेला केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहसम्म पुगेर आयोजना गर्न सकिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय