पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन्।
धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा सोमबार बिहान पौने ६ बजेदेखि नागढुंगा–मुग्लिन सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको थियो।
सडकमा खसेको ठूलो सुक्खा पहिरो हटाएपछि दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
सडक आयोजनाको डोजर प्रयोग गरेर पहिरो पन्छाइएको हो।
सडक अवरुद्ध हुँदा झण्डै ६ घण्टासम्म रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।






