FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

६ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।

शनिबार काठमाडौंको शान्तिबाटिका तथा आसपासका क्षेत्रमा र्‍यालीसहित प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले बालिका गरिमा चौधरीलाई न्याय दिनुपर्ने र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई फाँसीको सजाय हुने कानुन बनाउनुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘गरिमालाई न्याय दे’ लगायतका नारा लगाएका थिए। गृहमन्त्रीले नेपालमा फाँसीको सजाय दिन मिल्ने कानुनी व्यवस्था नरहेको बताइरहेका बेला प्रदर्शनकारीहरूले बलात्कार तथा बालबालिकामाथि हुने जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन आवश्यक रहेको बताएका छन्।

गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले देशभर आक्रोश उत्पन्न गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय