FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।

ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पु¥याउनुका साथै पुल बगाएको थियो । चारवटा घरसमेत बग्दा स्थानीय विस्थापित भएका थिए । सडक अवरुद्ध भएपछि जाजरकोटबाट डोल्पातर्फ जाने सम्पूर्ण यातायात सेवा ठप्प बनेको थियो । यात्रु, स्थानीय बासिन्दा तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । डोल्पातर्फ खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित भएको थियो ।

बाढीपछि नलगाड नगरपालिकाले भेरी करिडोर सडक आयोजनासँग समन्वय गरेर तत्काल सडक मर्मतको काम अघि बढाएको थियो । अस्थायी रूपमा सडक सञ्चालनयोग्य बनाएपछि नौ दिनपछि यातायात पुनः सञ्चालनमा आएको हो ।

नलगाड–१२ का स्थानीय तेजबहादुर विकका अनुसार लामो समयसम्म सडक बन्द हुँदा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको थियो । सडक खुलेपछि तत्काल राहत मिलेको भए पनि जोखिम पूर्ण रूपमा हटेको छैन ।

ताक्सुगाडको बाढीले सडक र पुल मात्रै होइन, रोली ज्यूलामा निर्माण गरिएको सिँचाइ नहरसमेत क्षतिग्रस्त बनाएको छ । नहर बग्दा स्थानीय किसानको सिँचाइ व्यवस्था प्रभावित भएको छ । नगरप्रमुख डम्बर रावतका अनुसार नहर पुनर्निर्माणका लागि लागत अनुमान तयार पारिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत पुनर्निर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिनु भएको छ ।

उनका अनुसार बाढीले क्षति पु¥याएका संरचनाको अस्थायी मर्मतले मात्रै समस्या समाधान नहुने भएकाले दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण आवश्यक छ । वर्षायाममा खोलाको बहाव बढ्ने भएकाले भविष्यमा यस्ता क्षति दोहोरिन नदिन बलिया संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय