FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभामा सोमबार भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको हो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले उनको पक्षमा मतदान गरेका थिए ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना प्रदेशसभा सदस्य छन् । दुवै दलका सबै सदस्यले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका थिए । कांग्रेसका २९ प्रदेशसभा सदस्य रहेकामा विपक्षमा २२ मत परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन् । जनता समाजवादी पार्टी ९जसपा० की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन् ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् । सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

मतदानको परिणामसँगै मुख्यमन्त्री कार्कीको सरकारलाई प्रदेशसभाको विश्वास कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय