११ भदौ, काठमाडौं । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ ।
रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७ जनाको शव फेला परेको छ । चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी (पूर्व) २६ र नवलपरासी (पश्चिम)मा दुई शव फेला परेको छ ।
४१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।






