FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, सर्लाही । सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना खरिद गरेको आशंकामा साहमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको जनाएको छ । स्थानीयवासीको अनुसार साहले विगत करिब १० वर्षदेखि स्थानीय क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाउँदै आएका छन् । यस्तो कारोबारबाट उनले ठुलो परिमाणमा सम्पत्ति आर्जन गरेको स्थानीयको दाबीसमेत छ ।

यद्यपि, यी आरोप पुष्टि हुन बाँकी छन् र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बरामद गरेका गरगहनाको पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । चोरी भएका गरगहना आफ्नो भएको दाबी गर्ने सम्बन्धित पीडितलाई प्रहरीसमक्ष जाहेरी दिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रकाश गौतमका अनुसार बरामद गरगहना आफ्नो भएको दाबी गर्दै सम्बन्धित व्यक्तिले जाहेरी दिएपछि सोही जाहेरीका आधारमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय