FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२२ भदौ, काठमाडौं । तीज पर्वलाई केवल उत्सव र मनोरञ्जनमा सीमित नराखी संस्कृति, युवा प्रतिभा र विपद् प्रभावित समुदायप्रतिको सामाजिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसन(जीसीइएफ)ले ‘जीसीइएफ तीज फर नेपाल–२०२६’ आयोजना गर्ने भएको छ ।

‘सेलिब्रेट नेपाली कल्चर, स्ट्यान्ड विथ नेपाल’ नारासहित स्कूल तथा कलेज कल्चरल च्याम्पीएनसिपका रुपमा नेपालभरका विद्यालय तथा कलेजका विद्यार्थीहरूले एकल गायन, समूह गायन, एकल नृत्य र समूह नृत्य विधामा प्रतिस्पर्धा गराउन लागिएको हो ।

यस वर्षको अभियानको विशेष उद्देश्य बाढी तथा विपद्बाट प्रभावित नेपाली समुदायप्रति ऐक्यबद्धता जनाउनु र राहत सहयोगमा योगदान पु¥याउनु रहेको आयोजकको भनाइ छ ।

प्रतियोगिताको एकल विधाका लागि दर्ता शुल्क एक हजार र समूह विधाको चार हजार रुपैंयाँ राखिएको र सो रकम नेपाल सरकारको तोकिएको प्रधानमन्त्री राहत कोषमा सोझै जम्मा गरिने पनि आयोजकको भनाइ छ ।

सहभागीहरूले रकम जम्मा गरेपछि प्राप्त आधिकारिक भुक्तानी रसिदलाई प्रमाणका रूपमा बुझाउनुपर्नेछ।

स्थानीय प्रतिभादेखि राष्ट्रिय मञ्चसम्म

सहभागी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थी प्रतिनिधि छनोट गरी उनीहरूको सांस्कृतिक प्रस्तुति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछन्।

जीसीइएफको निर्णायक समितिले प्रतिभा तथा प्राविधिक प्रस्तुति, सांस्कृतिक मौलिकता, सिर्जनशीलता, प्रस्तुति तथा समग्र प्रभावका आधारमा मूल्याङ्कन गर्नेछ। केवल लाइक, भ्यूअर्स वा फलोअर्स का आधारमा विजेता छनोट गरिने छैन।

उत्कृष्ट प्रतिभाहरू छनोट हुँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्रान्ड फिनालेमा पुग्नेछन्। चार विधामा राष्ट्रिय विजेता घोषणा गरी ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकका अनुसार विद्यालय, कलेज, विद्यार्थी, शिक्षक, अभिभावक, कलाकार, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपाली समुदायलाई यस राष्ट्रिय अभियानमा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिताका लागि भदौ २७ गतेसम्म नाम दर्ता गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय