२३ भदौ, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३७।०५ अमेरिकी डलर र चाँदी ६७।०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






