FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । आज एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन् । नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो ।

नेपाल आसन्न संस्करणको सिनियर एसिया कपमा भने छनोट हुन बाँकी छ । यदि त्यो प्रतियोगितामा स्थान पक्का गर्ने हो भने शनिबार हुने एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउनुपर्नेछ ।

नेपाल र युएईले आज भएको सेमिफाइनलमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रन तथा युएईले हङकङलाई सात विकेटले हरायो । नेपाल दोस्रो तथा युएई तेस्रो पटक प्रिमियर कपको फाइनल खेल्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय