FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२५ भदौ, इनरुवा । भोटेकोशीमा आएको बाढीका कारणले प्रभावित भएका रसुवा लगायतका क्षेत्रका बाढी पीडित परिवारको राहत तथा पुनर्निर्माणका लागि नेपाली मुस्लिम समाजले ६२ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा मुस्लिम समाज सुनसरीले ६२ लाख ४५ हजार ४९ रुपैयाँ हस्तान्त्रण गरेको मुस्लिम समाजका अगुवा हरुन अंसारीले बताए ।

प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत सुनसरीका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यवसायिक सङ्घसंस्था तथा व्यक्तिगत तहबाट स्वेच्छिक रूपमा सङ्कलन गरिएको रकम सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालयमार्फत प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा हस्तान्त्रण गरेर भौचर तथा विवरण हस्तान्त्रण गरेको मुस्लिम समाजका नइम अंसारीले बताए ।

नेपाली मुस्लिम समाज सुनसरीको प्रतिनिधि मण्डलले सङ्कलित रकमको बैंक भौचर तथा सहयोगदाताको विस्तृत विवरण सहितका कागजात सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्याललाई हस्तान्तरण गरेका थिए ।

मुस्लिम समाजले सञ्चालन गरेको अभियान र देखाएको ऐक्यबद्धताको प्रशंसा गर्दै प्राप्त सहयोगले बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनरुत्थानमा महत्वपूर्ण योगदान पुग्ने बिश्वास लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

सहयोग रकम हस्तान्त्रण कार्यक्रममा कोशी प्रदेशका सांसद इस्राइल मंसुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, मौलाना हारुन खान, मेहदी हुसेनलगायतका मुस्लिम समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय