FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२७ भदाै, एजेन्सी । ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ।

‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन भारतको अध्यक्षतामा दुई दिनसम्म चल्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गरिसकेका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी, इथियोपियाका प्रधानमन्त्री आबी अहमद, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलगायत नेताहरू सम्मेलनमा भाग लिन आएका छन् ।

सम्मेलनकै अवसरमा प्रधानमन्त्री मोदीले शनिबार नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजित ‘भारत इनोभेट्स’ प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीका क्रममा खिचिएका दृश्यहरूमा प्रधानमन्त्री मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँगै उभिएको देखिएको थियो।

यसअघि प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए ।

‘कुनै पनि सदस्यले आपत्ति जनाएका छैनन्। नयाँ दिल्ली घोषणा २०२६ सर्वसम्मत रूपमा पारित गरिएको छ,’ मोदीले सम्मेलनमा भने ।

भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथोपटक हो । पश्चिम एसिया र युक्रेनमा जारी युद्धले ऊर्जा आपूर्ति तथा जल यातायातमा बाधा पु¥याइरहेको, ‘ट्यारिफ’को दबाब बढिरहेको चुनौतीको सामना गर्ने विषयमा सदस्यहरूबीच मतभेद रहेको अवस्थामा ब्रिक्सको शिखर सम्मेलन भइरहेको हो ।(एएनआइ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय