FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ भदौ, काठमाडौं । श्रीलङ्काको कोलम्बोमा सम्पन्न दक्षिण एसियाको चर्चित ‘कर्मा फाइट लिग-९’ अन्तर्गत बहुप्रतीक्षित को-मेन इभेन्टमा नेपाली फाइटर युगीन शर्माले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै सानदार जित हासिल गरेकी छन्।

श्रीलङ्का एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा आयोजित के-१ किकबक्सिङ नियमअनुसारको भिडन्तमा ‘रेज फाइट टिम’की युगीनले तीनै राउन्डमा प्रभाव जमाउँदै अंकका आधारमा नतिजा आफ्नो पक्षमा पारेकी हुन्। सटीक पञ्च, शक्तिशाली लेग किक र उत्कृष्ट डिफेन्स प्रस्तुत गर्दै भारतीय खेलाडीमाथि सुरुदेखि नै दबाब बनाएकी उनले यो सफलतासँगै अन्तर्राष्ट्रिय कम्ब्याट स्पोर्ट्समा नेपाली महिलाको सशक्त उपस्थिति प्रमाणित गरेकी छन्।

१७ वर्षको उमेरदेखि व्यावसायिक प्रशिक्षण थालेकी युगीनले यो ऐतिहासिक जित आफ्ना प्रशिक्षक, टिम र सम्पूर्ण नेपालीप्रति समर्पित गरेकी छन्। जितपछि उत्साहित हुँदै उनले भनिन्, “अब मलाई कर्मा फाइट लिगको च्याम्पियनसिप बेल्ट चाहियो, म जस्तोसुकै चुनौती सामना गर्न तयार छु।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय