२९ भदौ, काठमाडौं । सोमबार हरितालिका तीजको दिन सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यसको मूल्य प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो । तीजमा सुन किनबेचको मुख्य सिजन भएपनि बजारमा चहलपहल भने न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।






