FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० भदौ, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे बस्ने भएको हो ।

बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय एवं भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना एवं पुनःनिर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका एवं भइरहेका कार्य, त्यस्ता कार्यसम्पादनका क्रममा देखा परेका समस्या तथा चुनौती र आगामी दिनमा यस सम्बन्धमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल हुने छ ।

बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदन माथि छलफल सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी दिउँसो १ बजे बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो १ः१५ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय