६ असोज, काठमाडौं । सोमवार बन्द भएको शेयरबजार आज खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा देखिएको समस्या समाधान भएपछि बजार खुल्ने भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको नेप्सेले जानकारी दिएको छ ।
डाटा सेन्टरमा समस्या देखिएपछि सोमबार शेयर कारोबार रोकिएको थियो । उक्त समस्या समाधान भएसँगै नेप्सेमा पूर्ववत् रूपमा कारोबार हुने नेप्सेले जनाएको छ ।






