FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

७ असोज, काठमाडौं । यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग आज उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।

गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल), नेपाल पर्यटन बोर्ड एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उच्च प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए ।

सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेका क्षेत्रहरूमा पूर्ण सतर्कता अपनाउन र खोज, उद्धार तथा राहतका लागि आवश्यक पूर्वतयारीमा रहन सबै सरोकारवाला निकायलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय