FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ असोज, जनकपुर । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

सरकारले अतिक्रमणमुक्त अभियान सञ्चालनको नाममा पुस्तौपुस्तादेखि बस्दै आएको गुठी कुट्टिको जग्गाबाट हजारौं परिवारलाई उठिबास गराउन खोजेको महासंघर्ष समितिका अध्यक्ष सन्तोषकुमार साहले बताए ।

उनले जनकपुरधालगायतका क्षेत्रमा ३० हजारभन्दा बढी जनता गुठी र कुट्टीकै जग्गामा बसोबास गर्दै आएकाले सरकारले त्यस्ता जग्गालाई दस्तुर लिएर रैथानेनम्बरी जग्गाको रुपमा दिनुपर्ने आफूहरुको माग रहेको बताए ।

धनुषाकै अन्य पालिकाहरुमा अन्तिम एक महिनामा ५०० भन्दा बढि जनतालाई भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा उपलब्ध गराइएको छ । तर जनकपुरधाममा टार्गेट गरेर सरकारले उठिबास लगाउन खोजेको अध्यक्ष साहको आरोप छ ।

केही दिन अघि मात्र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ मा डोजर चलाएर अतिक्रमणमुक्तको नाममा कयौं घर तोडिएको थियो । घर तोडिएकामध्ये एक जना महिला आफ्नो तीन महिनाको बालकलाई लिएर प्लास्टिकको छाना बनाएर बस्नुपरेको सुनाउँदै अध्यक्ष साहले उठिबास मात्र गर्ने कि पुनस्र्थापनाको जिम्मेजारी पनि लिने सरकार भनेर प्रश्न गरेका छन् ।

अध्यक्ष साहले सरकारको नीतिले जनकपुरधामनै सखाप हुने बताए । उनले सरकारविरुद्ध सशक्त प्रर्दशनमा उत्रने र त्यसबाट हुने जनधनको हानी नोक्सानीको जिम्मेवार स्वयम सरकार हुने चेतावनी दिए ।

संघर्ष समितिले धनुषा जिल्लाका प्रमुख प्रेमप्रसाद लुइँटेलमार्फत प्रधानमन्त्री कार्यालय, गुठी संस्थान, भूमि सुधार कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । विरोध प्रदर्शनमा ५०० भन्दा बढी सहभागी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय