FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ असोज, काठमाडौं । नेपाली सेनाका तालिम केन्द्र तथा विभिन्न युनिटमा सञ्चालित नौ महिने सैन्य आधार तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका २ हजार ५०२ पुरुष र ४६६ महिला गरी कुल २ हजार ९६८ जना सैन्य दीक्षित भएका छन् ।

नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालन भएको तालिमको समापनका अवसरमा छुट्टाछुट्टै अन्तिम दलेल कवाज आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले अन्तिम दलेल कवाज प्रस्तुत गरेका थिए ।

श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूको अन्तिम दलेल कवाज श्री नं. १६ बाहिनी अड्डामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी प्रेमबहादुर पुनले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

त्यस्तै, श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा आयोजित समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी हिम्मतबहादुर विष्टले कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । नेपाली सेनाका विभिन्न बाहिनी, शिक्षालय तथा गणमा आयोजित कार्यक्रममा सम्बन्धित रथीवृन्दहरूले कवाज निरीक्षण गरेका थिए ।

समापन समारोहमा विभिन्न जिल्लाका तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवार तथा आफन्त र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय