FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० असाेज, काठमाडौं। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।

राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै मेन्टेन एफसीले प्रतियोगिताको उपाधि चुमेको हो ।

उपाधिसँगै मेन्टेनले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ आफ्नो पक्षमा पारेको छ । निर्धारित २० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगेको खेल रोमाञ्चक बनेको थियो ।

प्रतियोगितामा उपविजेता बनेको भोटे एफसीले मेडल र १ लाख रुपैयाँ नगद हात पारेको छ । प्रतियोगितामा यार्सा एफसी, धरानले फेयरप्लेको उपाधि जित्दै नगद २० हजार रुपैयाँ हात पार्यो ।

व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित भए। मेन्टेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए।

यस्तै यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बने। भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाए।

४४ टोलीको सहभागिता रहेको प्रतियोगिता २ दिनसम्म चलेको थियो । नकआउट फम्र्याटको खुला प्रतिस्पर्धामा राजधानी बाहिरबाट ६ टिमले सहभागिता जनाएको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताए ।

समापन समारोहमा विजेताहरूलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडी अनिता वस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय