FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१० असाेज, काठमाडौं । सरु संगीत घर, टीकाथलीले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ ।

नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पु-याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको हो ।

सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने राणा दोस्रो स्रष्टा हुन्। यसअघि २०८२ सालमा पहिलोपटक प्रसिद्ध लोकगायिका कविता आलेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ । नेपाली गीत–संगीतमा विशिष्ट योगदान पु¥याएका ४० वर्ष उमेर पुगेका स्वदेश तथा विदेशमा रहेका नेपाली महिला कलाकारमध्येबाट प्रत्येक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिदै आएको छ । पुरस्कार स्थापनाका लागि पाँच लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरिएको हो ।

समारोहमा सरु संगीत घरका संस्थापक डेनी निरौलालले आफ्नी आमाको नाममा पुरस्कार कोष स्थापना गरी आमाको स्मरण र सम्मान गरिएको जानकारी दिए ।

स्वर्गीय सरस्वती निरौलाको स्मृतिमा उनका पति संगीतकार कोमल निरौला, इन्दिरा निरौला, छोरा संगीतकार डेनी निरौला, सविता नेपाल निरौला, संगीतकार भीषण निरौला, सिर्जना अधिकारी, छोरी गायिका झुमा निरौला र सविन भट्टराईको संयुक्त प्रयासमा २०८२ सालमा पुरस्कार स्थापना गरिएको हो।

सरु संगीत घरको छैटौं वार्षिकोत्सवका अवसर आयोजित उक्त समारोहमा क्यान्सर पीडित लोक गायिका कोपिला गौतमलाई पनि विशेष सम्मान प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय