FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने ‘दिपक’ ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् ।

आइतबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा संघर्षको प्रक्रियालाई अगाडि बढाउने उद्घोषसमेत गरे ।

हालै भएको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित चलाउनेले जनसंविधानका लागि जनपरिचालन गरि वर्तमान व्यवस्थालाई विस्थापन गर्ने संघर्ष अगाडि बढाउने उद्घोष गरे ।

वर्तमान दलाल पुँजीवादी व्यवस्थाको बालेन सरकारले इतिहासमै राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउँदै लगेको, सुशासनका नाममा कुशासनलाई प्रसय दिएको र जनताको जनजीविकालाई थप कष्टकर बनाउँदै गएकाले त्यसको विकल्प खोज्नुपर्ने उनको कथन छ ।

‘सुरुमै सुकुम्बासी बस्तिमा डोजर चलाएर यो सरकार निम्न वर्गको शत्रु र उच्च वर्गको रक्षाकवच बनेको पुष्टि भएको छ,’ उनले भने ।

भोटेकोशीको बाढीलाई अवसर बनाएर सरकारले एकद्वारका नाममा अरबौं रकम संकलन गरि उक्त रकम बाढी पीडितलाई राहत वितरण नगरि प्रधानमन्त्रीको कार्यालयमा थन्क्याउनु नै रकम अपचलन र भ्रष्टाचार गरेसरह भएको उनले जनाए ।

प्रधानमन्त्री बालेन्द्र शाहको अपरिपक्वताको कारण हजारौं नागरिकले ज्यान गुमाएको र हालसम्म पनि राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसक्नु गम्भीर चिन्ताको विषय रहेको उनको भनाई छ ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा हिमालय क्षेत्रलाई प्रयोगशालाका रुपमा प्रयोग हुने किसिमको अस्पष्ट अभिव्यक्तिप्रति पार्टीका नेता गुणराज लोहनीले गम्भीर आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय