१६ आसोज, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १८३.१५ अमेरिकी डलर र चाँदी ६१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






