FLASH NEWS
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त । नेपाल प्रिमियर लिग : कर्णालीद्वारा लुम्बिनीलाई १०६ रनकाे लक्ष्य । भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु, ५ घाइते । रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग । यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर । नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदै, विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने । आजको मौसम पूर्वानुमान: यी तीन प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना । आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै ।

११ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ तथा घिउ सिमी (लोकल) ३० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा ९० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय