FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ।

यसअघिका एनपीएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय