FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

२३ कात्तिक, काठमाडौं । सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे। याे जितले सुदूरपश्चिम ८ अंक जाेड्दै प्लेअफनजिक पुगेकाे छ।

तेस्रो हार ब्यहाेरेकाे जनकपुरकाे भने प्लेअफकाे सम्भावना न्यून बनेको छ। जितका लागि पाएकाे १२१ रनको लक्ष्य पछ्याएकाे जनकपुर १९.५ ओभरमा ९३ रनमा समेटियाे। जनकपुरका लागि तृतराज दासले २१ र जिमी निसमले २० रन जाेडे।

सुदूरपश्चिमका लागि स्कट कुइगलिनले ३ विकेट लिए।

यसअघि कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ राेजेकाेमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायाे। जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए। जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय