११ कातिक, काठमाडौं । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ३३.२९ अंकले बढेको छ । मंगलबार करिब एक अंकले मात्र सुधारिएर बन्द भएको नेप्से बुधबार दोहोरो अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से १.२६ प्रतिशतले बढेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ६४.०६ अंकमा उक्लेको हो ।
आज कारोबारमा आएकामध्ये २४१ कम्पनीको शेयर मूल्य बढ्दा ३५ वटाको घट्यो । बाँकी ३ कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेक सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढेको हो ।
बुधबार कुल ६३ हजार ७ सय ४४ पटकको कारोबारमा १ करोड ९३ लाख ९७ हजार ५ सय ४८ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो ।
बुधबार बेनी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ । प्राइम डिबेञ्चरको सेयर मूल्य सबैभन्दा बढी २.९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा लिवर्टी इनर्जी सबैभन्दा अघि छ । प्रतिकित्ता २ सय ५० रुपैयाँका दरले यो कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो । व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् । व्यापार समूह ०.४४ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको १०.६०, सुपर खुदी हाइड्रोपावरको ६.२६, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२, युनियन हाइड्रोपावरको ५.८६, सान्जेनको ५.८१, स्वस्तिक लघुवित्तको ५.६७, होटल फरेस्ट इनको ५.४१ प्रतिशत मूल्य बढ्यो ।
सिर्जनशील लघुवित्तको मूल्य २.३०, चिरख्वा हाइड्रोपावरको २.१२, माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशत मूल्य घट्यो । बुधबार लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २५० रूपैयाँमा ३२ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत बढेको हो । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ । उक्त कम्पनीको ३२६ रूपैयाँमा २८ करोड २६ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको बढेको छ ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ । आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पार, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर, कुमारी बैंक क्रमशः अगाडि रहे ।






