FLASH NEWS
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे । एनपीएल: सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे । झापामा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ । नेपाल संवत् नेपालको मौलिक पहिचान हो : राष्ट्रपति पौडेल । एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै । आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै । यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइदै । एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित । दाङमा छ सयभन्दा बढी गाईको सामूहिक पूजा । एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित । डोल्पा कारागारबाट फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ ।

१५ कात्तिक, काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधि बिनिता गुरुङले जितेकी छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा २१ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन्।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरूको सहभागिता रहने प्रतियोगिताको यो छैटौँ संस्करण हो। विवाहित महिलाको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ र रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’को उपाधि जितेका छन्। त्यस्तै, नेहा गुप्ता फर्स्ट रनरअप, ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बनेका छन्।

रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको नेतृत्व अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाले गरेका थिए। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायत सहभागी थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिको मूल्याङ्कन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय